Indrenionline.com

पहिरो प्रभावितलाई सुरक्षित स्थानमा सार्न सरकारलाई संसदको निर्देशन

व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले बाढी पहिरोका कारण भएको जनधनको क्षति प्रति सरकारको ध्यानाकर्षण गराउँदै जोमिख युक्त मानव बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले बाढी/पहिरो पीडितलाई गाँस, बास, कपाससहित उचित राहत दिन समेत सरकारलाई निर्देशन दिएको हो । यस्तै बैठकले बाढी पहिरो प्रभावितहरुका लागि छिटो राहत, उद्धार र भौतिक संरचनाहरू पुनर्निर्माणमा ध्यान पु¥याउनुपर्नेमा पनि जोड दिएको छ । गृह मन्त्रालयका अनुसार बाढी पहिरोबाट देशैभर ७८ जनाको मृत्यु भएको छ ।