काठमाडौं । अमेरिकाबाट अवैध आप्रवासी नेपाली लिएर आएको अमेरिकी चार्टर विमान काठमाण्डौ आइपुगेको छ। अध्यागमन कानून उल्लङ्घन गर्ने केही नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज जीआरपी–२३ विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
अमेरिकाले अवैध भनेर निष्कासन गरिएका आठ जना नेपाली युवा लिएर सो विमान यहाँ आइपुगेको हो । अमेरिका सरकारले डिपोर्ट गरेर काठमाडौं आइपुग्नेमा सुस्मा घर्ती, लक्ष्मण कडेल, सुकुमार पुन मगर, हिमाल बिक, मोहन गौतम, टोप घर्ती, कमल ओली र दीपक खड्का रहेका छन् ।
