Indrenionline.com

खाना पकाउने ग्याँसको मुल्य बढाउने सरकार सहमति

काठमाडौँ । सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको मूल्य बृद्धि गर्नेसहित पाँच बुँदे सहमति भएको छ। आज सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि ग्यासको भाउ १२ रूपैयाँ ७५ पैसा बढाउने सहमति भएको हो ।

पाँच बुँदे सहमतिपछि एलपी ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका छन्। सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर एक हजार नौ सय १० बाट बढेर एक हजार नौ सय २२ रूपैयाँ ७५ पैसा पुगेको छ।

“मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रूपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीलाई जानकारी गराइयो”, सहमतिको १ नम्बर बुँदामा भनिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र उद्योगीबीच वार्ता भएको थियो।

यस्ता छन् पाँच बुँदे सहमतिः