काठमाडौं, १ ६ साउन । व्यवस्थापिका संसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने / नलगाउने सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव अघि बढाने भएको छ ।
छलफलमा प्रस्तावको एक–एकप्रति सांसदलाई तत्काल उपलब्ध गराउने र नयाँ सरकार गठन लगत्तै संसदमा छलफल गराउने प्रतिवद्धता व्यक्त गरेको उहाँले बताउनुभयो ।
अख्तियारका प्रमुख आयुक्त कार्कीले आफ्नो क्षेत्राधिकार नाघेर काम गरेकाले त्यसबारेमा छलफल गर्न सांसद गगन थापा प्रस्ताव तथा धनराज गुरुङ्ग र श्याम श्रेष्ठ समर्थक रहेको सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।।