काठमाडौं । काठमाडौको थापाथलीमा मेलम्चीको पाइप फुट्दा सडकमा भ्वाङ् परेको छ । पाइप फुट्दा केही पसलमा पानी समेत पसेको थियो ।
आज बिहान ५ बजे मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर केही पसलहरुमा पानी पसेको प्रहरी वित्त सिंहदरबारले जनाएको छ । पाइप फुटेपछि केही समय थापाथली प्रसुति गृह सडक अवरूद्ध भएको थियो । अहिले पाइप मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ । पाइप के कारणले फुट्यो भन्ने थाहा नभएको प्रहरीको भनाइ छ ।
यसअघि पनि बबरमहलमा विद्युत प्राधिकरणले काम गर्ने बेलामा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सडक र सरकारी कार्यलय जलमग्न भएका थिए ।
