काठमाडौँ । आइतबार राति हृदयाघात भएपछि अस्पताल भर्ना भएको पूर्वयुवराज पारस शाहको थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ । उनको मुटुमा स्टेन राखिएको छ ।
शाहको डाक्टर यादव भट्टको टोलीले उपचार गरिरहेको बताइएको छ । आइसीयुमा भएपनि शाहको स्वास्थ्य स्थिति सुधार भइरहेको बताइएको छ। आइतबार राति हृदयाघात भएपनि शाहका सहयोगीहरुले राति नै नर्भिक पुर्याएका थिए ।पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो ।
