राजविराज, १६ साउन । सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले सप्तारीको तिलाठीमा नेपालीमाथि भएको आक्रमणको दोषी दुवै देशका स्थानीय प्रशासन रहेको आरोप लगाउनु भएको छ ।
उहाँले वर्षैं पुरानो तिलाठी समस्यालाई नेपाल सरकारले गम्भीरता पूर्वक नलिएको कारण पटक पटक तिलाठी बासिन्दाले दुःख भोग्नु परेको बताउनुभयो ।।