काठमाडौं १६ साउन । विद्यालय शिक्षामा संरचनात्मक परिवर्तन भए पनि कक्षा ११ र १२ मा पुरानै पाठ्यक्रम कायम रहने भएको छ । गत असार १५ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिक्षा ऐन आठौँ संशोधन, २०७३ प्रमाणीकरणसँगै कक्षा ९ देखि १२ सम्म माध्यमिक तहको मान्यता पाए पनि खारेजीमा परिसकेका उच्चमावि शिक्षा परिषद्ले विगतमा तर्जुमा गरेको पाठ्यक्रम कायम छ ।
हाल कक्षा ११ र १२ मा विज्ञान, मानविकी, शिक्षा, व्यवस्थापन र प्राविधिक धारका १६९ विषय छन् । नयाँ कानुनअनुसार शिशु कक्षादेखि ८ सम्म आधारभूत र ९ देखि १२ सम्म माध्यमिक शिक्षाको मान्यता दिई विगतको प्रावि, निमावि र उमावि तह समायोजन गरिएको छ