इन्द्रेणी संवाददाता
दाङ, फागुन १६ – नेपाल राष्ट्रिय प्राध्यापक संगठन महेन्द्र बहुमुखी क्याम्पस एकाइ समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पूर्व क्याम्पस प्रमुख दिवाकर शर्माको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ।
आज (शुक्रबार) सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले क्याम्पसको शैक्षिक उन्नयन र प्राध्यापकहरुको हकहितको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
दाङ जिल्लाको जेठो क्याम्पसका रूपमा परिचित महेन्द्र बहुमुखी क्याम्पसमा साविक राप्ती क्षेत्रका हजारौं विद्यार्थी अध्ययनरत छन्। यस क्याम्पसको समग्र विकासका लागि संगठनले ठोस योजना अगाडि बढाउने नव निर्वाचित अध्यक्ष शर्माले बताए ।
नयाँ कार्यसमितिले क्याम्पसमा शैक्षिक सुधार, प्राध्यापक हकहितको संरक्षण र समग्र उन्नतिका लागि प्रभावकारी योजनासहित अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
यस्तो छ नव निर्वाचित कार्यसमिति:
अध्यक्ष: दिवाकर
उपाध्यक्ष: निर्मल गौतम
सचिव: लोक बहादुर बीसी
सह-सचिव: निशा भण्डारी
कोषाध्यक्ष: महावीर घर्तीमगर
सदस्यहरू: रमेश लम्साल, अमर केसी, एकेन्द्र थापा, कर्ण बहादुर पुन, कृष्ण केसी, विशाल केसी, शिशिर पौडेल, लालमणी बसेल
सल्लाहकार समिति:
हरि रावत, दानबहादुर रावत, प्रविण शर्मा
