दिपक बोहरा
तुलसीपुर १६ साउन । बिज्ञान र प्रबिधिको तीव्र विकास भएपनि अझै दाङका धेरै जसो सामुदायिक विद्यालयहरुमा इन्टरनेटको पहुँचमा पुगेको छैन् । बिकास र प्रबिधिको हिसाबले सुगम मानिएको दाङमै अझै अधिकांश बिद्यालयमा इन्टरनेट जडानको पहुँच पुग्न नसकेको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।
अहिले केही सदरमुकाम आसपास तथा दाङमा मुख्य शहर आसपासका बिद्यालयले मात्रै इन्टरनेटको जडान गरेका छन् । शहरी क्षेत्रदेखि बाहिरका कुनै पनि बिद्यालयले अहिले इन्टरनेटको जडान गर्न चाहे पनि सकिरहेका छैनन् । दाङमा साढे ४ सय भन्दा बढि सामुदायीक बिद्यालय भएपनि अहिलेसम्म सदरमुकाम तथा शहरी क्षेत्र आसपासका २२ वटा सामुदायिक बिद्यालयमा मात्रै इन्टरनेट जडान गरिएको छ ।।