Indrenionline.com

बाउबाजेको पेशालाई व्यवसायको रुप दिएर आत्मनिर्भर बनेका धन बहादुर

प्यूठान, १६ साउन
अहिले नेपालमा विदेशीने युवाहरुको संख्या दिनप्रति दिन दोब्बरको रुपमा बढेको छ । विदेश जाने एउटा फेसन जस्तै बनेको छ । डिग्री पढेका देखि सामान्य साक्षर व्यक्ति समेत विदेशको मरुभूमीमा मृत्युसँग संघर्ष गरिरहेका छन् । आफ्नो मुलुकमा गरिने पेशालाई अपमान गर्ने र विदेशमा गएर सोही व्यवसायमा आबद्ध हुनुपर्ने समस्याको कुनै कमी छैन हाम्रो मुलुकमा ।ppतर बाउबाजेको पेशालाई व्यवसायको रुप दिएर आत्मनिर्भर बनेका छन् रजवारा–२ प्यूठान निवासी आरन व्यवसायी धन बहादुर सुनार ।

पुर्खौली पेशालाई परिमार्जित गर्दै पछिल्लो समय आरन पेशालाई व्यवसाय रुप दिइ अङ्गालेपछि अहिले वार्षिक २ लाख ५० हजार बराबरको आम्दानी हुने धन बहादुर बताउँछन् । ‘बाउ, बाजेले बालि घरेको रुपमा काम गर्दै आएका थिए र त्यसलाई मैले ज्यालादारी बनाएर काम गर्न थालेपछि आर्थिक स्थितिमा सुधार आएको हो’, उने भने– ‘५ जना छोरा छोरीलाई गाउँकै विद्यालयमा पढाएको छु, घरायसी सबै खर्चपर्च धान्ने पनि यही कमाइ हो ।’

फलामबाट निर्माण गरिने घरायसी सामग्रीहरु कुटो, कोदाले, फरुवा, बञ्चारो, हसिया, हलो, खुकुरीलगायतका सामाग्री बनाउँदै आएको बताए । गरिबी निवरण कार्यक्रम अन्तरगत टिकुरी सकृय युवा समूहद्धारा रजवारा–२ मा पञ्चमिमेला सामुदायीक संस्था स्थापना भएपछि घुम्तीकोषबाट ३० हजार रकम ऋण लिएर व्यवसाय सञ्चालन गरेको धन बहादुर बताउँछन् ।

उनी भन्छन् ‘दैनिक रुपमा दिनचर्य गर्न र छारो छोरीको पालनपोषणमा सजिलो भएको छ ।’ उमेरले ४१ वर्ष पुगेका धन बहादुरले विदेशीने युवाहरुलाई स्वदेशमै व्यवसाय गरेर आत्मनिर्भर बन्न आग्रह समेत गर्दछन् । आफु ९ वर्षको उमेर हुँदादेखि नै उक्त पेशामा हात हालेर धेरै वर्ष बाजे, बाउको साथमा बालिघरेको रुपमा काम गर्दै आएका थिए । यसो गर्दा घर परिवारको खर्च धान्न गाह्रो भएपछि विस्तारै आरनलाई व्यवसायको रुप दिएका हुन् ।

हाल उनले एउटा सामान बनाएबापत सामानको प्रकृति हेरेर ३ सयदेखि ४ हजारसम्म ज्याला ल्याउने गरेको बताउँछन् । कामको चाप बढेसँगै कमाइ पनि राम्रो हुन थालेपछि घुम्तीकोषबाट लिएको ३० हजार ऋण सबै व्यवसायमा खर्चिएर वल्डिङ मेसिन, ग्रेन्डर मेसिनलगायतका भौतिक सामाग्री जारेको बताउने उनले अहिले व्यवसाय फस्टाउँदै लगेको बताए ।।