Indrenionline.com

रविलाई ५४ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

चितवन । सहकारीको रकम अपचन गरेको आरोपमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले ५४ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनको मुद्दामा आज भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालका इजलासले यस्तो आदेश गरेको हो ।

‘यी प्रतिवादी रवि लामिछानेको दाबीको कसूरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमाण बुज्दै जाँदा ठहरे बमोजिम हुने गरी तत्काल प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु ५४,००,०००।(चौबन्न लाख रुपैयाँ धरौट वा जमानत वा बैंक जमानत लिनू),’ आदेशमा भनिएको छ।