इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले दुई जना युवकलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा नगरपालिका वडा नं. ३ घरभई घोराही उपमहानगरपालिका वडा नं. १५ भिमसेन टोलमा डेरा गरी बस्ने १९ वर्षका टेकराज गुरुङ र घोराही १५ भिमसेन टोल घर भएका २५ वर्षका तनुज श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई मंगलवार बेलुका लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पछिल्लो समयमा दाङमा विभिन्न व्यक्तिहरु लागुऔषध ब्राउन सुगरसहित पक्राउ हुने क्रम बढेको छ ।
