काठमाडौं, १६ साउन । सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सहमतिको सरकारका निर्माणका लागि दिइएको १ हप्ताको समयमा भएका प्रगति बारे राजनीतिक दलका नेताहरूलाई आज बिहान शितल निवासमा भेट गर्नुभयो । उक्त भेटका क्रममा सम्माननीय राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार निर्माणका बारेमा चासो राख्दै सबै दललाई राष्ट्रिय सहमतिको सरकार निर्माणका निम्ति सुझाव दिनुभयो ।
राजनीतिक दलहरूका बीचमा छलफल चलाउन सुरुमै एमालेसँग प्रयास गरिएको तर प्राविधिक कारण देखाइ हिजो मात्र छलफल भएको जानकारी गराउनु भयो । उहाँले एमालेसँगको हिजोको छलफलमा नेपाली कांग्रेसको नीति र अन्य कारण देखाइ सहमतिय सरकारमा एमाले सहभागी नहुने जानकारी प्राप्त भएपछि सहमतिको सम्भावना कम भएको बताउनु भयो ।
तर सबै राजनीतिक दलहरू राष्ट्रिय मुद्दामा गम्भीर भएकाले राष्ट्रिय मुद्दामा सहमति हुने कुरा जानकारी गराउनु भयो । साथै अध्यक्ष क. प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि आपूm निरन्तर पहल गरिरहने जानकारी पनि गराउनु भयो ।