काठमाडौं । तराईमा अझै केही दिन हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको सामान्य प्रभावका कार(ा अझै केही दिन हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा भने आंशिक बदली हुनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना छ। अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
बिहानको समयमा तराई तथा काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सु लागेकाले चिसो बढेको छ । चिसोबाट बच्न सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ।
