Indrenionline.com

विहानै जाजरकोट केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं । आज बिहीबार बिहान जाजरकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहान ६ बजेर ३३ मिनेटमा भूकम्प ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प आसपासका जिल्लामा समेत महशुस गरिएको छ।

यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो। गत वर्षको कात्तिकमा जाजरकोट नै केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले ठूलो मात्रामा क्षति गराएको थियो। त्यतिवेलको भूकम्पले भएको क्षतिपुर्ति अहिले सम्म त्यहाँका जनताले पूर्ण रुपमा पाउन सकेका छैनन । स्थानीयहरु अहिले पनि अस्थायी टहरामा बस्न वाध्य छन् ।