रुकुम । रुकुममा झोलुङ्गे पुलबाट हामफाल्दा एक युवाको मृत्यु भएको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ स्थित मठबाट सल्ले जोड्ने झोलुङ्गे पुलबाट बुधबार दिउँसो पुलबाट हामफाल्दा रुकुम पूर्वको सिस्ने गाउँपालिका –७ नाथिगार घर भई हाल मुसिकोट खलङ्गा बस्ने २७ वर्षीय लक्ष्मण नेपालीको घटनास्थलमै मृत्यु भएको हो । पुलबाट हाम्फालेका नेपालीको शव पुलमुनि फेला परेको थियो ।
घटनास्थल मुचुल्कापश्चात् मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाइने बताइएको छ । घटनाको थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जनाएका छन् ।
