
सो सडक खण्डलाई कालो पत्रे गर्नका लागि फराकिलो पार्ने क्रममा जमिन कमजोर बन्दा पहिरो अझै रोकिएको छैन् । पहिरो पन्छाउन एउटा डोजर र एउटा स्काभेटर लागि परेका छन् तर पहिरो हटाउन कठिनाई परेको छ ।
पहिरो हटाउने क्रममा माथीबाट खसेको ढुंगा लागेर स्काभेटरका चालक राजु लामा घाईते भएका छन् । पहिरो हटाउन सडक विभागका कर्मचारी, सडक कालोपत्रे गर्ने जिम्मा लिएको ठेकेदार कम्पनिको साधन र प्रहरी खटेका छन् ।