Indrenionline.com

स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको नगद ६८ लाख रुपियाँसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापा बिर्तामोड नगरपालिका–५ घर भएका २७ वर्षीय युवराज सुवेदी छन् ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।