दाङ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ । बितेको आर्थिक वर्षमा २ लाख २६ हजार ९ सय २६ मेट्रिक टन खाद्यान्न उत्पादन भई जिल्लामा भएको खपत मात्रालाई कटाएर १९ हजार ९ सय ९३ मेट्रिक टन खाद्यान्न मौज्दात रहेको जिल्ला कृषि विकास कार्यालय दाङले बताएको छ ।
त्यसको साथै कोदो १५ मेट्रिक टन र जौँ ४९ मेट्रिक टन उत्पादन भएको छ । कुल २ लाख २६ हजार ९ सय २६ मेट्रिक टन खाद्यान्नमध्ये ६ हजार ५ सय ३ मेट्रिक टन बिउबिजन घटाउँदा २ लाख २० हजार ४ सय २३ मेट्रिक टन हुन आउने कृषि कार्यालयले बताएको छ । त्यसबाट कुटानी पिसानीबाट खेर गएको बाहेक १ लाख ४२ हजार २ सय ४७ मेट्रिक टन खाद्यान्न खानयोग्य रहेको कृषि कार्यालयको योजना शाखाले बताएको छ ।।