महेश श्रेष्ठ / साउदी अरब
गैर आवासीय नेपाली संघ साउदी अरबले नवौं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ । गत जुलाई २९ का दिन अल खोबर स्थित क्लासिक रेष्टुरेण्टमा आयोजित उक्त वार्षिक उत्सव कार्यक्रमा संस्थापक, उत्कृष्ट सदस्य, समाजसेवी, परिचयपत्र छपाई सहयोगी, भूकम्प पीडितका लागि राहत संकलन सहयोगी तथा राहदानी सहजिकरणका स्वयंसेवीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने संस्थापकहरुमा विरेन्द्र चौधरी, ओम घले, राजु सैयद र रुद्र सारु मगर रहेका थिए । समाजसेवीमा जोन अर्याल र सिरी यवा लिम्बू सम्मानित भएका थिए । कार्यक्रममा यस वर्षको उत्कृष्ट एनआरएनएमा तेजुकुमार श्रेष्ठ, मनोज बराल, भिम गुरुङ र दलबहादुर पुलामीलाई घोषणा गरेर सम्मान गरिएको थियो ।
कार्यक्रममा उपाध्यक्ष डम्बर यादवले आर्थिक प्रतिवेदन र महासचिव तेजबहादुर थापाले प्रगतिप्रतिवेदन पेश गरेका थिए । केन्द्रिय सदस्य उमेश भट्टराईले स्वागत गरेको सो कार्यक्रममा राष्ट्रिय गीत गाउनुका साथै क्षेत्रीय तथा स्थानीय समितिले ब्यानर सहित झाँकी प्रदर्शन गरेका थिए ।