नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जले ट्राफिक प्रहरी रोल्पाका प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी रङ्गेहात घुससहित पक्राउ गरेको छ ।
आयोग नेपालगन्जबाट गएको टोलीले प्रमुख प्रहरी नायब निरीक्षक बुढाथोकीलाई २५ हजार घुस रकमसहित पक्राउ गरेको हो ।
सवारीसाधन आवतजावतमा सजिलो बनाइदिने भन्दै बुढाथोकीले गाडीधनीसँग २५ हजार रुपियाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जले जनाएको छ । टोलीले उनलाई विस्ताराको सिरानी मुनी खामभित्र राखिएको २५ हजार सहित उनकै निवासबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
