तुलसीपुर १५ साउन । बिश्व बैंकले दाङको सिचाई बिस्तारमा ३१ करोड लगानी गरेको जनाएको छ । सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना अन्तर्गत बैंकले दुई चरणमा ऋण र अनुदान गरेर ३१ करोड रकम लगानी गरेको सिंचाई डिभिजन कार्यालय तुलसीपुरका प्रमुख केदार कुमार श्रेष्ठले बताउनुभयो ।
जसमध्ये २४ करोड ९४ लाख ७५ हजार रुपैयाँ खर्च भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँले किसानको खेतवारीमा सिंचाई सुविधा पुगाउन र किसानको मनोवल वढाउनका लागि सिंचाई आयोजनामा लगानी भएको बताउनुभयो ।