काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरू भएको छ।
आज बिहान १० बजेदेखि लामिछानेसँग बयान सुरू गरिएको हो । बिहान साढे ९ बजेतिर कार्यालयमा ल्याएर १० बजेदेखि बयान सुरू गरिएको सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद सञ्जेलले जानकारी दिएका छन्।
न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र अनुसन्धान अधिकृतहरूले लामिछानेसँग बयान लिइरहेका छन्।
