Indrenionline.com

पूर्वसभामुख ढुंगानाको निधन

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।

८३ वर्षीय ढुंगानाको उपचारका क्रममा आज दिउँसो २ बजे पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो । उनको एक महिनादेखि कलेजोको उपचार चलिरहेको थियो ।

वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख भएका थिए । ढुङ्गानाको भोलि अन्त्येष्टि हुने परिवारले जनाएको छ ।