Indrenionline.com

दार्चुलामा जीप दुर्घटना ६ जनाको मृत्यु, ६ जना घाइते

दार्चुला । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका ६ मा ​ दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाका मृतकहरूको शव घटनास्थलमै छ। उनीहरूको पहिचान खुलिसकेको छैन। मालिकार्जुन मन्दिरमा लागेको जात्रामा सहभागी भएर फर्किरहेकाहरू दुर्घटनामा परेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिएका छन्। घाइतेहरूको उद्धार जारी रहेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।