Indrenionline.com

सांसद दीपक मनाङे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट गण्डकी प्रदेशका सांसद राजिब गुरूङ (दीपक मनाङे) लाई पक्राउ गरेको छ ।
काठमाडौंको सानोभर्‍याङबाट आज विहान पक्राउ गरेर केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ल्याउने तयारी भएको प्रहरी स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा उनलाई कात्तिक २० गते पाँच वर्ष जेल सजाय सुनाएको थियो। मनाङेलाई २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो। मनाङेलाई चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा सजाय सुनाइएको थियो।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङे दोषी ठहर भएका हुन्। ज्यान मुद्दामा मनाङे २०७५ साल पुसमा थुनामा समेत बसेका थिए ।