दिपक बोहरा
दाङ १५ साउन । दाङका किसानहरु गड्यौलाबाट उत्पादन हुने अग्र्यानिक मलतर्फ आर्कषित हुँदै गएको पाईएको छ । हाल दाङका सिमित स्थानहरुबाट उत्पादन भईरहेको गड्यौला मलको सकरात्मक प्रभाब देखेपछि किसानहरु यसप्रति आर्कषित भएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ ।
पछिल्लो पछिल्लो समय अग्र्यानिक ( गड्यौला मल ) को बरेमा बुझ्न धेरै किसानहरु कार्यालयमा आउने गरेको जिल्ला कृषि बिकास कार्यालय दाङका माटो बिज्ञ दिगम्बर यादबले बताए । उनले भने ‘गड्यौलाबाट उत्पादन हुने मलले जमिनको उर्बरा शक्तिलाई बढाउने तथा उत्पादित बस्तुसमेत स्वास्थ्यको दृष्टिले उपयुक्त मानिने भएकोले बजारमा त्यसको माग धेरै रहेछ भन्ने किसानहरुले थाहा पाउन थालेकोले आकर्षण बढको हो ।’
त्यहि भएर गड्यौला मलको बारेमा बुझ्न दैनिक किसानहरु कृषि विकास कार्यालय आउन थालेको यादवले बताए । किसानहरु गड्यौलाबाट उत्पादित मल कहाँ पाईन्छ र कसरी उत्पादन गर्ने भन्ने बारेमा सोधिखोजी गर्न आउन थालेको कृषि बिकास कार्यालय दाङका माटो बिज्ञ यादबले बताए । किसानहरु कार्यालयमै गई गड्यौलाबाट मल उत्पादन गर्ने वातावरण मिलाईदिन आग्रह पनि गर्ने गरेको यादवले बताए ।
उनका अनुसार अहिले हेकुली, तुलसीपुर, सैघा, पवननगरका केही किसानले गड्यौलाबाट मल उत्पादन गरिरहेका छन् । उनीहरुलाई आर्थिक बर्ष २०७१/०७२ मा माटो ब्यबस्थापन निर्देशनालयले अनुदानमा गड्यौला उपलब्ध गराएको थियो । अनुदानमा उलपब्ध गराएका गड्यौलाबाटै ती किसानहरुले राम्रो आम्दानी गर्न सफल भएपछि गड्यौलाबाट उत्पादन हुने अग्र्यानिक मलप्रति अन्य किसानहरुको पनि आकर्षण बढ्न थालेको हो ।
अहिले आएर आवश्यक गड्यौला दाङबाटै उपलब्ध गराउन सकिने अवस्थामा कृषि कार्यालय पुगेको यादवले बताए । यादवले भने ‘सुरुमा सुनसरीबाट गड्यौला दाङमा भित्रयाइएको थियो तर, अहिले ती अनुदानमा बितरण गरेका गड्यौलाबाटै दाङका किसानहरुले धेरै गड्यौला उत्पादन गरिसकेका छन् । अन्य किसानहरुलाई अब गड्यौलाका लागि टाढा जानु पर्र्दैन ।’
यो मल प्रयोगका फाईदा
अहिले दाङमा सबै भन्दा बढी अग्र्यानिक मल हेकुलीका महेन्द्र चौधरीले उत्पादन गरिरहेका छन् । उनले अहिले ३६ वटा खाडलमा गड्यौलाको मल उत्पादन गरिहेको कृषि कार्यालयका माटो विज्ञ यादवले जानकारी दिए ।
गड्यौलाबाट मल उत्पादन गर्न थालेदेखि भान्साबाट उत्पन्न हुने तरकारीको बोक्रा, बचेको खाना, काउली, बन्दा, गोवरलगायत बस्तुहरु घर वरपरी रहन नपाएको चौधरीले अनुभूति साटें । ‘हाम्रो वरपरको बाताबरण नै प्रदुषित बनाउने फोहरहरुको प्रयोग गरी गड्यौंलाबाट मल उत्पादन मज्जाले गर्न सकिन्छ त्यसैले काईदा जानेमा यो निकै सस्तो पर्छ ।’ चौधरीले भने ‘गड्यौलाले खानाको रुपमा प्रयोग ती बस्तुहरुबाटै अग्र्यानिक मल उत्पादन गर्न सहज हुन्छ ।’
गड्यौलाबाट उत्पादन भएको अग्र्यानिक मलमा कम्पोष्ट मल भन्दा तीन गुणा उत्पादन क्षमता हुने जिल्ला कृषि बिकास कार्यालयका माटो विज्ञ दिगम्बर यादबले बताए । गड्यौलाको मल प्रयोग गरे जमिनको उर्बरा शक्ति बढ्ने भएकोले अग्र्यानिक मलको प्रयोग खेतीको लागि अपरिहार्य बनाउनु पर्ने यादवको धारणा छ । दाङमा उत्पादन बढाउने हो भने अनिबार्य रुपमा गड्यौलाको मल प्रयोग गर्नुको विकल्प नरहेको उनले बताए ।
गड्यौलाको मल उत्पादन गर्ने तरिका
त्यो फोहर सबै गड्यौलाले खाएपछि उक्त फोहर मलको रुपमा परिणत हुने गर्दछ । यसरी तयार भएको मल २/३ महिनाको अन्तरालमा खेतबारीमा प्रयोग गर्नु उपयुक्त हुने माटो विज्ञ यादवले बताए ।