Indrenionline.com

पूर्व गृहमन्त्री लामिछाने आज अदालतमा हाजिर गराइने

इन्द्रेणी समाचारदाता
कास्की। सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज आइतबार अदालतमा हाजिर गराइने भएको छ ।

आज शनिवार अदालत विदा भएकाले लामिछानेलाई आज कास्की जिल्ला अदालतमा हाजिर गराइने प्रहरीले जनाएको छ । कानुन अनुसार कुनै व्यक्तिलाई पक्राउ गरिएको २४ घण्टाभित्र अदालतमा हाजिर गराउनुपर्ने हुन्छ । तर विचमा शनिवार परेकाले उनलाई भने प्रहरीले पक्राउ परेको २४ घण्टाभित्र अदालतमा हाजिर गराउन सकेन ।

जिल्ला अदालत कास्कीले शुक्रबार पक्राउ पुर्जी जारी गरेपछि शुक्रवार सभापति लामिछानेलाई पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको थियो । उनी कास्कीको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् ।