नवलपरासी । नवलपरासीको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् ।
कावासोती–१ बालुवाडाँडाको भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीका लागि छुटेको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी जेसी शाहले जनाकारी दिएका छन् ।
दुर्घटनामा घाइते भएकाको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । क्षमताभन्दा धेरै यात्रु बोकेकाले जीप दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनामा दुई जनाको ज्यान गएपनि नाम भने खुलेको छैन भने दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
