Indrenionline.com

आजदेखि दशैँ शुरू, पहिलो दिन घटस्थापना

दाङ । यस वर्षको बडादशैँ आजदेखि शुरू भएको छ । दशैँको पहिलो दिन आज घटस्थापना । आजकै दिन दशैंका लागि घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

आजको दिनमा दशैंका लागि घरघरमा जमरा राखिन्छ । पूजाकोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गर्ने चलन छ ।

आज घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बडादशैं नेपालीहरुका लागि सबैभन्दा ठूलो चाड पनि हो ।