सल्यान, ३ बैशाख
सल्यानको सिनवाङमा बहुला कुकुरको टोकाइवाट २ जना घाइते भएका छन । आज विहान वस्तीमा पुगेर बहुलाएको कुकुरले सनवाङको वडा नम्बर ३ मा गोपाल परियार र ५ मा गोपाल बोहोरालाइ टोकेर घाइते बनाएको सिनवाङबाट चन्द्रभान विकले जानकारी दिनुभयो ।

वडा नम्बर ३ मा पनि टिकाराम बोहोराको ३ वटा बाख्रा कुकुरले टोकेर घाइते बनाएको छ । गाउँमा बहुला कुकुरले आतंक फैलाउन थालेपछि स्थानीयहरु त्रसित छन् ।।