बाँके । हात्तीको आक्रमणबाट बाँकेमा दुई जना घाइते भएको छ । बाँके राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले आक्रमण गर्दा राप्तीसोनारी गाउँपालिका –२ गोबारपुरका ४० वर्षीया लक्ष्मी बोहरा र उनकी १६ वर्षीया छोरी शान्ता बोहरा घाइते भएकी हुन् । उनीहरुलाई गएराति हात्तीले गोबारपुरमा आक्रमण गरेको थियो ।
घाइते दुबै जनाको उपचार नेपालगन्जमा भइरहेको छ । निकुञ्जमा बाघ, हात्तीहरुको संख्या बढ्दै जाँदा विभिन्न समयमा बाघको आक्रमणबाट मानिसले ज्यान समेत गुमाउनु परेको छ भने अन्य बन्यजन्तुको आक्रमणबाट स्थानीय घाइते हुने गरेका छन् ।
