मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका वडा नंं. २ कोबाङमा हिमपहिरो आएको छ । हिमपहिरोको कारण बोक्सी खोला थुनिएको छ ।
दिउँसो साढे १ बजेतिर धौलागिरी हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
कालीगण्डकी नदीको सहायक खोलाको रुपमा रहेको बोक्सी खोलामा हिउँको थुप्रोले पानीको मात्रा घटेको छ । हिमपहिरोले खोला थुनिएसँगै कालीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई सतकर्ता अपनाउन प्रशासन कार्यालयले आग्रह गरेको छ ।
