काठमाडौँ । आजको राष्ट्रियसभा बैठकबाट प्रतिनिधिसभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) (तेस्रो संशोधन) विधेयक, २०७९ पारित भएको छ ।
सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सभामा विधेयक प्रस्तुत गरेका थिए। मन्त्री चौरसियाको प्रस्तावलाई सभाले सर्वसम्मतरुपमा पारित गरेको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरेका थिए।
