Indrenionline.com

प्रेस सेन्टरका बहालवाला जिल्ला अध्यक्ष एमालेमा प्रवेश

इन्द्रेणी संवाददाता
दाङ । नेकपा माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । शर्मालाई नेकपा एमाले महासचिव शंकर पोख्रेललगायतका नेताहरुले पार्टीमा स्वागत गर्दै प्रवेश गराएका हुन् ।