Indrenionline.com

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका केही ठाउँमा अहिले पनि वर्षा भइरहेको र यी चार प्रदेशमा दिउँसो भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान मशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।