दाङ १५ साउन
दाङको घोराही नगरपालिकाले बालबालिकाहरुलाई खेलकुद सामग्री र ज्ञानबर्दक शैक्षिक सामग्रीहरु वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर १० मा रहेका विभिन्न बालक्लबहरुलाई नगरपालिकाले खेलकुदका सामग्रीहरु वितरण गरेको हो । वडा नम्बर १० मा रहेका करिब २५ वटा बालक्लबहरुलाई करिब एक लाख मुल्य बराबरका खेलकुदका सामग्रीहरु वितरण गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी केसीले भौतिक विकास संगै अबको विकास मानविय विकास पनि हुनु पर्ने भन्दै बालबालिकाहरुलाई कर्णधार मात्र भनेर नहुने उहाले बताउनु भयो । उहाले बालबालिकाहरुलाई बर्तमानका विकासको साझेदार बनाउन आबस्यक रहेको उहाको भनाई छ । उहाले अहिले नगरपालिकाले बालबालिकाहरुको लागि २० प्रतिशत बजेट विनियोजन हुदै आएको जानकारी समेत दिनुभयो ।
कार्यक्रममा वडा नागरीक मञ्चका भिमबहादुर बुढा, टाउन प्लान विकास सस्थाका अध्यक्ष दीलिप डिसी, पत्रकार नवीन अभिलाषी लगाएतले सामग्रीहरुको सदुपयोगको साथै क्षमता अभिबृद्धि गर्न सुझाब दिनुभएको थियो भने बाल क्लबको तर्फबाट सक्सेस वलीले सामग्री वितरण गर्ने नगरपालिका लगाएतका विभिन्न संघसस्थाहरुलाई धन्यबाद दिदै सामग्रीहरुको सदुपयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण टाउन प्लान विकास सस्थाका निर्मल न्यौपानेले गर्नुभएको थियो ।