Indrenionline.com

दशै-तिहारका लागि १९००० मेट्रिक टन चिनी आयातको तयारी

काठमाडौँ । नेपाल सरकारले भारतले नेपालका लागि तोकेको कोटा अनुसार १९ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्मरव्यवसायी कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ।

यसअघि उद्योग विभागले १० वटा उद्योगी छनोट गरी चिनी खरिद गर्न पत्राचार गरेको थियो । सरकारले तोकेको मापदण्ड अनुसार भारत सरकारबाट उपलब्ध गराइएको कोटाको चिनी महँगो दरमा खरिद गरेर बिक्री गर्न नसक्ने उद्योगीले भनेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले व्यवसायीमार्फत चिनी खरिदका लागि आह्वान गरेको हो ।

भारत सरकारले गत वर्षको दसैँतिहारमा नेपाललाई दिने भनेको २५ हजार मेट्रिक टन कोटाको चिनी गत वर्ष व्यवसायीले ल्याउन सकेका थिएनन् । अहिले बजारमा चिनी अभाव हुन थालेपछि विभागले गत वर्ष भारतले दिने भनेको कोटाको चिनी हाल खरिदका लागि सूचना आह्वान गरेको हो आजको गोरखापत्रमा खबर छ ।