Indrenionline.com

फाइनलमा आज नेपाल-भारत खेल्दै

काठमाडौं । काभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा आज नेपाल र भारत खेल्दैछन् । यी दुई टोलीबीच दोस्रो पटक खेल हुन लागेको हो। नेपालले लिगको चरणमा भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो । खेल सवा ५ बजे दशरथ रङ्गशाला कभर्डहलमा हुनेछ।

मङ्गलबार भएको खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो। मङ्गलबार नै भारतले श्रीलंकालाई ३-० सोझो सेटमै पराजित गरेर फाइनलमा स्थान बनाएको थियो। यी दुई पराजित टोलीबीच तेस्रो स्थानका लागि आजै दिउँसो २ बजे खेल हुनेछ।