दाङ । लुम्बिनी प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगर नियुक्त भएका छन् ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो । रोल्पाका घर्ती कांग्रेस निकट हुन् । योसँगै राष्ट्रपति पौडेलले बाग्मती प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गर्नुभएको छ ।
यसअघि राष्ट्रपतिले आजै बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको थियो ।
