दैलेख । गाई–बाख्रा गोठाला गएका एकै घरका दुई किशोरीलाई खोलाले बगाउँदा मृत्यु भएको छ । महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षीया भतिजी भावना बुढाको मृत्यु भएको हो ।
गाई–बाख्रा गोठाला गएका किशोरी छामघाटको कुण्टा रहमा पौडी खेल्दै गर्दा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । सपनालाई बगेको ठाउँबाट तीन किलोमिटर तल काफलखेत नजिक र भावनाको करिब सात किलोमिटर टाढा जडेपिपल नजिक शव फेला परेको प्रहरीले जनाएको छ ।
