
मुम्बई सहरबाट १६० किलोमिटर टाढा रहको सो इलाकामा निमार्णधीन अवस्थाको १३ तले भवन आज बिहान अचानक भत्किएको थियो । उक्त भवन निमार्णमा कार्यरत नौ जना श्रमिकको मृत्यु भएको आशङ्का गरिएको छ ।
भत्किएको भवन भग्नावशेषमा उद्धारकार्य जारी रहेको तर ती श्रमिकहरुको बाँच्ने आशा भने कम मात्र भएको प्रहरी स्रोतले अनुमान गरेको छ ।