Indrenionline.com

रेलमार्ग सर्भे गर्न आएको टोलीको गाडीमा स्थानीयले लगाइदिए आगो

चितवन । चितवनको कृष्णपुरमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर राखेका थिए । नियन्त्रण लिएपछि सुरक्षाको लागि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी पुगेपछि उनीहरूले प्रहरीकै अगाडि आगजनी गरेका थिए ।

गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ । उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित सङ्घर्ष समितिका सचिव दिव्य नेपालले जानकारी दिए । पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणबद्ध सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् ।