Indrenionline.com

आज ओली प्रधानमन्त्री बन्दै

काठमाडौं । काग्रेस र एमालको नयाँ गठबन्धनबाट आज एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज ओलीलाई ४५ औँ प्रधानमन्त्रीमा नियुक्त गर्दै छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो ।

राष्ट्रपति पौडेलले आज साँझ ५ बजेसम्म नेपालको संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन्। तर ओलीले शुक्रवार राति नै दाबी पेश गरिसकेका छन् । आज ओली प्रधानमन्त्री नियुक्त हुने र भोलि सोमबार शपथ गराउने राष्ट्रपति कार्यालयको तयारी छ।