रुकुम । रुकुममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका–१ दल्ली गैरामा अविरल वर्षाको कारण आएको पहिरोमा परेर ७ वर्षीय सङ्गम बुढाको मृत्यु हो। अन्य तीन जनाको भने उद्धार गरिएको छ ।
सल्ली बिसैनी घर भएर दल्ली गैरा गोठमा सुती रहेको अवस्थामा पहिरो जाँदा बुढाको मृत्यु भएको हो। पहिरोमा परेका ४० वर्षीय कर्णबहादुर बुढा, ३८ वर्षीय गम्मा बुढा र ९ वर्षीया तिलसरा बुढा गम्भीर घाइते छन् ।
