Indrenionline.com

पहिरो पीडितको जीवन यापन कष्ठकर , ५ दिनसम्म राहत पुग्न सकेन

सुजाता थापा ( प्यूठान )
वाढि पहिरोवाट विस्थापित परिवारले समयमा राहत नपाउदा उनिहरुको आधारभुत जिवनयापन कष्ठकर हुन थालेको छ। जिल्लाकै सवैभन्दा प्रभावित क्षेत्र फोप्लीमा ५ दिनसम्म पर्याप्त राहत नपुग्दा त्यहाँका स्थानियहरु पीडादायिक अवस्थामा रात काटन वाध्य छन्। विहिवार प्रमुख जिल्ला अधिकारी सहितको टोलि फोप्ली पुगेर २४ परिवारलाई राहत वितरण गरेको फोप्लीवाट पत्रकार शशिधर भण्डारीले वताए । शुक्रबार नेपाली सेनाको हेलिकप्टरवाट त्यहाँ राहत पुर्याउन खोजिएपनि मौसम प्रतिकुल हुदा प्रभावकारी हुन सकेन।

सोमवार रातिदेखिको वर्षातका कारण फोप्लीमा मात्रै २३० घरपरिवार विस्थापित भएको गाविस सचिव पुस्पराज थापाले वताए। उनका अनुसार ४२ घर पुर्ण रुपमा भत्किएका छन् भने २८ घर कहिल्यै वस्न नमिल्ने अवस्थामा छन्। त्यस्तै पहिरोको उच्च जोखिमका कारण १६० घरपरिवार आफ्नो घरमा वस्न छाडेका छन्। स्थानिय सामाजिक परिचालक युवराज भण्डारी भन्छन्–“चारैतिरवाट पहिरोले घेरीरहेको छ। वर्डा नं ५ का समथर वारिहरु पनि १ मिटरभन्दा वढि दविएका छन्। विहिवार पनि २ वटा घरहरु एक्कासि भासिए। भिरकुना, तोरीवाङ, गातिना लगायतका वस्तिहरु उच्च जोखिममा छन्।” त्यहाँका स्थानियहरु खैरापुक र पिपलवोटका विद्यालयमा वसिरहेका छन् भने कतिपयले आफन्तकोमा आश्रय लिईरहेका छन्।

मरेका पसुचौपायाको व्यावस्थापन नहुँदा गाउँमा दुर्गन्ध फैलिन थालेका स्थानियले वताए। पुर्व गाविस अध्यक्ष देविराम पुनले पहिरोले खानेपानिको पाईप लगेपछि खानेपानिको समस्या रहेको वताए। सौचालय पहिरोले पुरेपछि दिसापिसावको व्यावस्थापनमा पनि समस्या देखिएको छ।

यो समयमा खानपान र सरसफाईमा ध्यान नदिए महामारि फैलिनसक्ने जिल्ला अस्पत्ताल प्यूठानका डाक्टर समिर लामाले वताए। फोप्लीमा मात्रै २५ जनाले ज्यान गुमाएका छन् भने जिल्लाभरवाट ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ। भने जिल्लाभरवाट साढे चारसय भन्दा वढि परिवार विस्थापित भएका छन्।