इन्द्रेणी संवाददाता
रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । लु १ ज ३२५२ नम्बरको जीप माडी गाउँपालिका ३ परेवा छहरा नजिकै सडकबाट करिब ४०० मिटर तल खस्दा एक बच्चासहित ६ जनाको ज्यान गएको हो ।
दुर्घटना स्थलमै ५ जनाको ज्यान गएको र उद्धार गरी घर्तिगाउँ समृती हस्पिटल ल्याइएका एक जना घाइतेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । गाउँपालिका २ घर्तिगाउँ बजारबाट तालावाङ जाँदै गरेको जीप दिउँसो ४ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य ५ जनालाई रेउघा अस्पताल पठाइएको छ । दुर्घटनामा परी ज्यान गुमाउने र घाइते सबैको यो सामाचार तयार पार्दासम्म पूर्ण रुपमा परिचय खुल्न सकेको छैन ।
