तुलसीपुर, १४ साउन । लगातारको बर्षासंगै आएको बाढिका कारण दाङ सुर्खेत सडक खण्डमा पर्ने पातुलोलाको पुल जोखीममा परेको छ । खोलाले पुुलको सपोर्ट गर्न बनाइएका जालि बगाउदा खोलाको सतह झण्डै ४ मिटर तल गहिरिएर बगेको बताइएको छ । यहि क्रम जारी रहेमा पुुलको सो पिलर धस्सिने सभांबना अत्याधिक रहेको स्थानिय वुद्धि सापकोटाले बताउनुभयो । पुलको संरक्षणका लागि तत्काल पहल नथाले पुलको सो पिलर खोलाले बगाउने अवस्था रहेको बताएको छ ।

स्थानीयहरुको लामो समयको दवाबपछि निर्माण भएको सो पुल जोखीममा परेपछि दाङ सुर्खेत सडकको मुख्यद्धार मानिने पुलको क्षति हुुन गइ पश्चिम क्षेत्रको सम्पुुर्ण बिकाश निर्माणमा असर पुुग्न जाने स्थानीयहरुको भनाई छ । त्यसैविच तुलसीपुर नगरपालिकाले पातुखोला पुल संरक्षणका लागि डिभीजन सडक कार्यालयलाई आग्रह गरेको नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बताए ।
नगरपालिकाले आज डिभीजन सडकलाई पत्राचार गरि तुलसीपुर–सुर्खेत सडक खण्डको पातुखोला पुलमा हालै आएको बाढीले पश्चिम तर्फको भाग खोली पुललाई संरक्षण गर्न लगाएको जाली समेत बगाएको र त्यसले पुललाई गम्भिर असर पारेको भनि जनगुनासो प्राप्त भएकाले पुलको स्थलगत निरक्षण गरी संरक्षणको व्यवस्था मिलाउन अनुरोध सहितको पत्र पढाएको सुचना प्रमुख झरेन्द्र खरेलले बताउनुभयो ।।