Indrenionline.com

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

l8NnLahf/ l:yt sGof pRr dfWofdLs :s'ndf cfh af6 ;~rfng ePsf] P;Pn;L k/LIff lbb} ljBfyL{x? . tl:a/ M k|bLk/fh jGt,/f;;

इन्द्रेणी संवाददाता
काठमाडौं । एसईईको मौका (ग्रेडवृद्धि) परीक्षा साउन १८ र १९ गते तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८० को एसईई परीक्षाको नतिजा प्रकाशनसँगै मौका परीक्षाको पनि मिति तय गरेको हो ।

परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीमध्ये ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको दुई लाख ४२ हजार तीन सय १३ रहेका छन् । तीमध्ये दुई विषयमा एनजी हुने विद्यार्थी सङ्ख्या एक लाख १५ हजार आठ सय ३४ छ । उनीहरुले साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।

ग्रेडवृद्धि परीक्षाको नतिजा एक महिनामा प्रकाशित हुनेछ । ग्रेडवृद्धि हुने विद्यार्थीले यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन् । दुईभन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने विद्यार्थीको सङ्ख्या एक लाख २६ हजार चार सय ७९ रहेको छ । उनीहरुले भने अर्काे २०८१ सालको एसईई परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने छ ।